Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता

१६ फाल्गुन २०८१, शुक्रबार ११:२६

काठमाडौं। नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ ।

प्रतियोगिता चैत १ देखि ४ गतेसम्म नखिपोटस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ६ स्पर्धामा करिब २ सय ७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले जानकारी दिए ।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार रुपैयाँ रहेको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष सिंगल्समा शीर्ष ८ वरीयतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन् ।

यु–१७ पुरुष सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पार्ने छन् । शीर्ष २० वरीयता बाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् । त्यस्तै मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रोले ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०–१० नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने कोषाध्यक्ष राईले बताए। सहभागीको बिहानको खाना र खाजाको व्यवस्था आयोजकले व्यहोर्ने छ । इच्छुकले फागुन २७ गतेसम्म नाम दर्ता गराइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्