Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता

१६ फाल्गुन २०८१, शुक्रबार ११:२६

काठमाडौं। नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ ।

प्रतियोगिता चैत १ देखि ४ गतेसम्म नखिपोटस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ६ स्पर्धामा करिब २ सय ७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले जानकारी दिए ।

सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ८५ हजार रुपैयाँ रहेको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले बताए । पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । पुरुष सिंगल्समा शीर्ष ८ वरीयतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन् ।

यु–१७ पुरुष सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पार्ने छन् । शीर्ष २० वरीयता बाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् । त्यस्तै मिक्स डबल्सका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रोले ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०–१० नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने कोषाध्यक्ष राईले बताए। सहभागीको बिहानको खाना र खाजाको व्यवस्था आयोजकले व्यहोर्ने छ । इच्छुकले फागुन २७ गतेसम्म नाम दर्ता गराइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्