Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

रिङ्कु सदालाई न्याय दिन माग

१७ फाल्गुन २०८१, शनिबार ०९:०७

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ ।

अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी सो घटनाका अपराधीलाई संरक्षण दिन खोजिएको आशङ्का व्यक्त गर्दै कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

गत माघ २७ गते राति शौचका लागि घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

विज्ञप्तिमा भनिएको छ, “हामीले यो रिङ्कु दासको घटनालाई नजिकबाट हेरिरहेका छौँ, यस्तो जघन्य अपराधप्रति यतिका दिन बितिसक्दा पनि सरकारको गम्भीरता देखिएको छैन, अपराधीलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण दिने जुनसुकै प्रयासलाई हाम्रो पार्टी कडा विरोध गर्दछ ।

सो पार्टीले सो घटनाबारे सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी पीडित परिवारलाई शीघ्र न्याय दिलाउनुपर्ने माग गरेको छ ।

अपराधलाई रोकथाम गर्न कडा नीति अवलम्बन गर्नुपर्ने अध्यक्ष महतोको भनाइ छ । पार्टीले न्यायका लागि सङ्घर्षरत सबै नागरिक, अधिकारकर्मी र न्यायप्रेमी सङ्घसंस्थासँग ऐक्यबद्धता जनाउँदै, रिङ्कु सदा हत्याकाण्डलगायत अन्यायविरुद्ध सशक्त दबाब सृजना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्