Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रिङ्कु सदालाई न्याय दिन माग

१७ फाल्गुन २०८१, शनिबार ०९:०७

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ ।

अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी सो घटनाका अपराधीलाई संरक्षण दिन खोजिएको आशङ्का व्यक्त गर्दै कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

गत माघ २७ गते राति शौचका लागि घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

विज्ञप्तिमा भनिएको छ, “हामीले यो रिङ्कु दासको घटनालाई नजिकबाट हेरिरहेका छौँ, यस्तो जघन्य अपराधप्रति यतिका दिन बितिसक्दा पनि सरकारको गम्भीरता देखिएको छैन, अपराधीलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण दिने जुनसुकै प्रयासलाई हाम्रो पार्टी कडा विरोध गर्दछ ।

सो पार्टीले सो घटनाबारे सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी पीडित परिवारलाई शीघ्र न्याय दिलाउनुपर्ने माग गरेको छ ।

अपराधलाई रोकथाम गर्न कडा नीति अवलम्बन गर्नुपर्ने अध्यक्ष महतोको भनाइ छ । पार्टीले न्यायका लागि सङ्घर्षरत सबै नागरिक, अधिकारकर्मी र न्यायप्रेमी सङ्घसंस्थासँग ऐक्यबद्धता जनाउँदै, रिङ्कु सदा हत्याकाण्डलगायत अन्यायविरुद्ध सशक्त दबाब सृजना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्