Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

६ आश्विन २०८१, आईतवार १३:०७

६ असोज, एजेन्सी। संयुक्त राष्ट्रसङ्घले लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने पेजर र वाकी–टकी विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।

सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले नागरिकमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध भएको बीबीसीले जनाएको छ । लेबनानमा सञ्चार उपकरण विस्फोट भएको विषयमा छलफल गर्न अल्जेरियाको अनुरोधमा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको हो ।

लेबनानमा सञ्चार उपकरण विस्फोट भएको विषयमा छलफल गर्न अल्जेरियाको अनुरोधमा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको हो । मङ्गलवार र बुधवार हिजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरण विस्फोट हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको थियो ।

झण्डै तीन हजार जना घाइते भएका थिए । पेजर र वाकी–टकी विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए । कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देश नै आतङ्कित भएको थियो । उच्चायुक्त टर्कले घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गर्नुभएको छ ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् । लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि नै विस्फोटक वस्तु जडान गरेको लेबनानको दाबी छ । इजरायलले उपकरण विस्फोटबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्