Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

६ आश्विन २०८१, आईतवार १३:०७

६ असोज, एजेन्सी। संयुक्त राष्ट्रसङ्घले लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने पेजर र वाकी–टकी विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।

सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले नागरिकमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध भएको बीबीसीले जनाएको छ । लेबनानमा सञ्चार उपकरण विस्फोट भएको विषयमा छलफल गर्न अल्जेरियाको अनुरोधमा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको हो ।

लेबनानमा सञ्चार उपकरण विस्फोट भएको विषयमा छलफल गर्न अल्जेरियाको अनुरोधमा सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको हो । मङ्गलवार र बुधवार हिजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरण विस्फोट हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको थियो ।

झण्डै तीन हजार जना घाइते भएका थिए । पेजर र वाकी–टकी विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए । कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देश नै आतङ्कित भएको थियो । उच्चायुक्त टर्कले घटनाको स्वतन्त्र र पारदर्शी अनुसन्धानका लागि आह्वान गर्नुभएको छ ।

लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् । लक्षित सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नु अघि नै विस्फोटक वस्तु जडान गरेको लेबनानको दाबी छ । इजरायलले उपकरण विस्फोटबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्