Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

हावाहुरी र वर्षाले खेती नष्ट

१७ फाल्गुन २०८१, शनिबार १३:२२

सप्तरी। बैमौसममा परेको वर्षासँगैको असिना र हावाहुरीले मकै, गहुँलगायत कृषिउपज नष्ट गरेपछि यहाँका किसान चिन्तित बनेका छन् । केही दिनअघि आएको हावाहुरी र असिनापानीका कारण बाली नष्ट गरेपछि किसान चिन्तित बनेका हुन् ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका–१ भारदहका फुलेन्द्र राउतले व्यापार छोडेर नौ बिघामा मकै र गहुँ खेती गरेका थिए। हावाहुरी, वर्षा र असिनाले खेतमा लगाइएको अधिकांश बाली नष्ट गरेपछि आम्दानीको स्रोत के हुने भन्ने चिन्ता बढेको उनले बताए।

कृषि पेसाबाट आम्दानी गर्ने उद्देश्यले व्यापार छाडेर खेतीमा लागेको बताउँदै उनले गहुँ खेतीमा एक लाख लगानी गरेको जानकारी दिए ।‘मकैमा लगाउँदा प्रतिकट्ठा ६० किलो खाद्य (बीउ) आवश्यक पर्दछ । करिब छ बिघा अर्थात् एक सय २० कट्ठामा सात हजार दुई सय किलो बीउ लागेको थियो, अन्य लगानी पनि छँदैछ’, राउतले भने। गहुँ फूल लाग्ने बेलामा झरेकाले फल्ने आशा नरहेको उनले बताए। मकैमा पनि केही हुने हो वा होइन अन्योल रहेको उनको भनाइ छ ।

भारदहका अर्को किसान अशोक माझीले पनि डेढ बिघामा गहुँ र १० कट्ठामा मकै लगाएका छन्। करिब ३६ प्रतिशत ब्याजदरमा गाउँमा रु एक लाख २० हजार ऋण लिएर खेती सुरु गरेको बताउँदै उहाँले बाली सबै नष्ट भएपछि ऋण कसरी तिर्ने भनेर चिन्ताले सताएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्