Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

केभिआर स्टेज रेस च्यालेन्जमा लोकेन्द्र राई र सोनिमा शेर्पा विजेता

१७ फाल्गुन २०८१, शनिबार १३:३७

काठमाडौँ। ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन्।

फर्पिङमा सुरु भएर सिङ्गल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारीत दुरी तीन घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरेका थिए । प्रविन ताम्लिङ तीन घन्टा ५७ मिनेट ४० सकेन्ड समय लगाएर उपविजेता र राम चन्द्र महतारा चार घन्टा ०८ मिनेटमा दौड पुरा गरेर तेस्रो स्थानमा थिए ।

महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले पाँच घन्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गर्नुभयो । यसैगरी उपविजेतामा चित्त बुझाएकी एनी माइ बानले पाच घन्टा २२ मिनेट ०८ सकेन्ड समय लगाए । अनिशा गुरुङले पाँच घन्टा ५१ मिनेट ४४ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरेका थिए।

सो स्टेज रेस च्यालेन्सको पाचौं चरणमा २० विदेशीसहित कूल ५६ जना धाविकधाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरेका थिए । मञ्जुश्री ट्रेल रेस आगामी चैत १ देखि ३ गते सम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्