Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सबै दल मिलेर संविधान संशोधन गर्नुपर्छ : उपसभापति गुरुङ

१७ फाल्गुन २०८१, शनिबार १४:५२

स्याङ्जा। नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले संविधान संशोधनको लागि सबै दल एकै ठाउँमा हुनुपर्ने बताएका छन्।

स्याङ्जाको गल्याङ ५ मा भएको दोस्रो हात्तीस्थान तामेकोट समिटको सनिवार समापन गर्दै पुर्वमन्त्री गुरुङले  भने ”सबै दल मिलेर संविधान बनाएको हो,अब संशोधन पनि सबै दल मिलेर संशोधन गर्नुपर्छ ।”

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले देश निर्माणमा राजनीति दलहरु बीच विभाजित हुन नहुने धारणा राखेका छन् । फरक झण्डा बोक्दैमा,फरक बिचार राख्दैमा हाम्रो शत्रु हुँदैन । हाम्रो शत्रु भोक हो गरिबी हो,अशिक्षा हो । ” उनले देश निर्माणमा सबैलाई हातेमालो गर्न तामेकोटबाट आह्वान समेत गरेका छन्।

तामेकोट समिटको समापनमा बोल्दै उनले पर्यटकीय क्षेत्रको ठुलो संभावना बोकेको यस क्षेत्रको सबै मिलेर विकास गर्नुपर्ने धारणा राख्नुभयो । ”गाउँ गाउँ पुगेका मोटरले शहरको खाद्यान्न गाउँ गाउँमा लैजाने मात्रै होइन । गाउँका उत्पादन पनि शहर लैजाने वातावरण सिर्जना गर्नुपर्छ” उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई,गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई,वडा नम्बर ४ का वडा अध्यक्ष ढाकाराम न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भट्टराई,गरिमा विकास बैंकका निवर्तमान अध्यक्ष श्याम प्रसाद बस्यालले लगायतले पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना बोकेको तामेकोटको सबै मिलेर विकास गर्नुपर्ने धारणा  राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्