Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

१८ फाल्गुन २०८१, आईतवार ०३:४८

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक आजदेखि बस्दैछ ।

ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरु हुने छ । बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभिायान’ को समीक्षा हुनेछ ।

त्यस्तै बैठकमा पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

आजको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले एजेन्डाहरू प्रस्तुत गर्नेछन् । ती एजेन्डाहरूमाथि केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन् । जसपा नेपालमा २०१ जना निर्वाचित र ४० जना मनोनीत गरी २४१ जना केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्