Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

१८ फाल्गुन २०८१, आईतवार ०३:४८

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक आजदेखि बस्दैछ ।

ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजेदेखि बैठक सुरु हुने छ । बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभिायान’ को समीक्षा हुनेछ ।

त्यस्तै बैठकमा पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

आजको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवले एजेन्डाहरू प्रस्तुत गर्नेछन् । ती एजेन्डाहरूमाथि केन्द्रीय सदस्यहरूले छलफल गर्नेछन् । जसपा नेपालमा २०१ जना निर्वाचित र ४० जना मनोनीत गरी २४१ जना केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्