Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
कला र मनोरन्जन

‘वरिष्ठ बलराम’को शुभ मुहूर्त, छायाँकन सुरु

१८ फाल्गुन २०८१, आईतवार ०८:०८

काठमाडौं। चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो ।

निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।

दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन रहने छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिनेछ । सिनेमाका डिओपी मानकृष्ण महर्जन रहेका छन् ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहने छ ।

‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ । चलचित्र सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जन प्रदान हुने निर्माण पक्षले जनाएको छ । यो चलचित्रलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्