Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
कला र मनोरन्जन

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले घोषणा गरे नयाँ चलचित्र

१८ फाल्गुन २०८१, आईतवार ०८:१४

काठमाडौं।  सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।

आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ ।

विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ ।पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ । अब सिनेमा कस्तो बन्छ भन्ने दर्शकमा उत्सुकता जगाउने निश्चित छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह-निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् । निर्माणपक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन ।

निर्माता पौडेल फरक धारका सिनेमा बनाउन रुचाउने भएकाले ‘अभिमन्यु’ मा स्टार कलाकार रहनेछन् वा नयाँ अनुहारलाई अवसर दिनेछन् भन्ने प्रष्ट छैन । तर, उनी नयाँ निर्देशक र अन्डरगड कलाकारलाई स्थान दिने निर्माता भएकाले स्टार कलाकार यो चलचित्रमा अनुबन्ध गर्ने सम्भावना न्यून छ ।

नयाँ अथवा गुमनाम अुनहारमार्फत नयाँ कथा भन्दा दर्शकलाई कथा कन्भिन्स गर्न सहज हुने धारणा राख्ने पौडेलले सोही अनुसार कलाकार अनुबन्ध गराउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्