Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

अब म कांग्रेस सभापति र प्रधानमन्त्री हुन मात्रै बाँकी छ-प्रकाशमान सिंह

१८ फाल्गुन २०८१, आईतवार ०८:२२

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्ने बताएका छन् । आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १५औँ महाधिवेशनमा उठ्न सक्ने बताएका हुन् ।

सुर्खेतमा आइतबार पत्रकारसँग कुराकानी गर्दै नेता सिंहले भने, ‘म ग्रासरुटबाट आएको हुँ, लिगेसी पनि छ। जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ।’

कांग्रेसको चौधौँ महाधिवेशनमा सभापति उठिसकेकाले सिंहलाई १५ औँ महाधिवेशनमा सभापतिको दाबेदारका रूपमा हेरिएको छ। सिंह उपप्रधानमन्त्री भएपछि जिल्ला दौड र कार्यकर्ता भेटघाटमा व्यस्त रहँदै आएका छन्। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता जीवनबहादुर शाहीले सिंह फेरि सभापतिमा लड्न सक्ने संकेत गरे। उनले भने, ‘अवस्था आएमा नेता सिंह पक्का सभापतिमा लड्नुहुनेछ।’

यसअघि सिंहलाई सुर्खेतमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। सुर्खेतको विमानस्थलमा अवतरण भएका सिंहलाई सयौं नेता कार्यकर्ताले विमानस्थलमै फूलमाला र खादाले भव्य स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्