Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अब म कांग्रेस सभापति र प्रधानमन्त्री हुन मात्रै बाँकी छ-प्रकाशमान सिंह

१८ फाल्गुन २०८१, आईतवार ०८:२२

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू फेरि पनि पार्टीको सभापति पदमा उठ्ने बताएका छन् । आइतबार सुर्खेतमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधान तथा सहरी विकास मन्त्रीसमेत रहेका सिंहले १५औँ महाधिवेशनमा उठ्न सक्ने बताएका हुन् ।

सुर्खेतमा आइतबार पत्रकारसँग कुराकानी गर्दै नेता सिंहले भने, ‘म ग्रासरुटबाट आएको हुँ, लिगेसी पनि छ। जिल्लाबाट नेतृत्व सम्हाल्दै महामन्त्री र उपसभापतिसम्म भएँ, संसदीय दलको उपनेता पनि भएँ। अब संसदीय दल नेता, प्रधानमन्त्री र सभापति हुन बाँकी छ।’

कांग्रेसको चौधौँ महाधिवेशनमा सभापति उठिसकेकाले सिंहलाई १५ औँ महाधिवेशनमा सभापतिको दाबेदारका रूपमा हेरिएको छ। सिंह उपप्रधानमन्त्री भएपछि जिल्ला दौड र कार्यकर्ता भेटघाटमा व्यस्त रहँदै आएका छन्। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता जीवनबहादुर शाहीले सिंह फेरि सभापतिमा लड्न सक्ने संकेत गरे। उनले भने, ‘अवस्था आएमा नेता सिंह पक्का सभापतिमा लड्नुहुनेछ।’

यसअघि सिंहलाई सुर्खेतमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए। सुर्खेतको विमानस्थलमा अवतरण भएका सिंहलाई सयौं नेता कार्यकर्ताले विमानस्थलमै फूलमाला र खादाले भव्य स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्