Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

एन्फा महासचिवविरुद्ध गणेश थापाले साइबर ब्युरोमा दिए उजुरी

१८ फाल्गुन २०८१, आईतवार १५:४२

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध झुठो आरोप लगाएको भन्दै एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् ।

अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहीन आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरेको भन्दै थापाले नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा कानुनबमोजिम छानविन गरी कारवाहीका लागि आइतबार उजुरी दिएको बताएका छन् ।

उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, “अखिल नेपाल फुटबल सघंका महासचिव किरण राईले शनिबार एक टेलिभिजन अन्तर्वार्तामा ममाथि अत्यन्तै गम्भीर आरोप लगाउनुभएको विषयमा मैले उहाँलाई ती झुठा त तथ्यहिन आरोपहरू सच्याउन र आत्मालोचना गर्न अनुरोध गर्दा पनि नसच्याएपछि बाध्य भएर म कानुनी कारबाहीको प्रक्रियामा गएको जानकारी गराउन चाहन्छु ।”

साइबर ब्युरोमा थापाको जाहेरीको दर्ता नम्बर ११५८९ रहेको छ । राईले अन्तर्वार्तामा भनेअनुसार आफूले ८ करोड रूपैयाँ एन्फाको खातामा जम्मा गरेको विषयमा छानबिन गरी आफू दोषी भए कानूनअनुसार कारवाही भोग्न तयार रहेको प्रतिबद्धता थापाले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्