Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

राष्ट्रिय फुल कन्ट्याक्टमा रुपक र मन्जुलाई स्वर्ण

१८ फाल्गुन २०८१, आईतवार १५:४९

काठमाडौँ। रुपक नेपाली र मन्जु विकले तेश्रो मदन भण्डारी पुरुष तथा महिला राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मन्जुले स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको प्रतियोगिताको पुरुष फाइनलमा रुपकले अमित महर्जनलाई पराजित गरे । रविन्द्र लोहार तेश्रो र शिवबहादुर भुजेल चौथो भए । मन्जुले फाइनलमा अनुपा नेपालीलाई हराइन् । कविता मोक्तान तेश्रो तथा चन्दाकुमारी भुजेल चौथो भए ।

पुरुष÷महिला दुवैमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६५ केजीमा सनी सिंहले स्वर्ण, मेघबहादुर राईले रजत, सागर तामाङले कांस्य र जयराज स्याङतान चौथो भए ।

पुरुष ६० केजीमुनि अनिल बराम पहिलो, केदार नेपाली दोश्रो, पवनकुमार जैसवाल तेश्रो र राजेन्द्र घलान चौथो भए ।महिला ५० केजीमुनि रिना माझी पहिलो, उषा रावल दोश्रो, सपना आले मगर तेश्रो र निशा सुनार चौथो स्थानमा रहे । महिला ५५ केजीमुनि अनिशा तामाङ पहिलो, लक्ष्मी थिङ दोश्रो, अन्जना बुढाथोकी तेश्रो र सविता आले मगर चौथो भए ।

प्रतिक्रिया दिनुहोस्