Trending
देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |    
खेलकुद

नेपाल पुलिस क्लब टिम च्याम्पियन

१८ फाल्गुन २०८१, आईतवार १६:५०

काठमाडौं। चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ। १२ स्वर्ण र १ रजत सहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्न सफल भयो।

दोस्रो भएको एपिएफले ३ स्वर्ण २ रजत र ६ कास्य सहित कुल १० पदक जित्यो। एपिएफले ५० हजार हात पार्यो। त्रिभुवन आर्मी क्लब तेस्रो भयो। उसले २ स्वर्ण ३ रजत र ५ कास्य गरी १० पदक प्राप्त गर्यो। उसलाई २५ हजार प्रदान गरियो।‌

प्रतियोगितामा पुरूषतर्फ एपिएफका मोहम्मद शेखु आलम र माहिलातर्फ पुलिसकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए। दुवैलाई जनही २५ हजार प्रदान गरियो।

प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुषतर्फ र महिलातर्फ कर्णालीकी प्रियंका शाही उदयीमान खेलाडी बने।‌ उनीहरूलाई अन्तराष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरिएको छ। बागमती प्रदेश अनुशासित टिम बन्यो।

प्रतियोगिताको अन्तिम दिन आज महिला ६८ केजी माथीको तौल समुहमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरूङले स्वर्ण पदक जितिन्। उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८-० को फराकिलो अन्तरले पराजित गरिन्। गण्डकीकी सुनिता थापाले कास्य हात पारिन्।

६८ केजीमुनि पुलिसकी रोजिता ढुङ्गेल पहिलो भईन्। उनले प्रतिस्पर्धात्मक फाइनलमा आर्मीकी सानु तामाङलाई ४-३ को स्कोरमा पाखा लगाइन्। एपिएफकी बिनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृती दुम्जनले कास्य पदक प्राप्त गरे।

महिला ५० केजीतर्फ आर्मीकी प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिती तामाङलाई १२-२ को सहज सकोरले पराजित गर्दै स्वर्ण पदक हात पारिन्। एपिएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए।

पुरूष ६० केजीमा एपिएफका मीन बहादुर तामाङले स्वर्ण जिते। उनले फाइनलमा आर्मीका राकेश लामालाई ९-१ को स्कोरमा माथ दिए। बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरूङ तेस्रो भए।

८४ केजी माथीको स्पर्धामा एपिएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९-० ले पराजित गर्दै स्वर्ण जिते
गण्डकी प्रदेशका प्रविण कुँवर र आर्मीका संगम भुजेलले कास्य पदक  प्राप्त गरे।

प्रतियोगितामा सात  प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडीको सहभागीता रहेको थियो।  नेपाल कराते महासंघको ललितपुर जिल्ला मेन डोजोद्वारा आयोजित प्रतियोगितामा कुल १७ स्पर्धामा खेलाडीहरूले भाग लिएका थिए।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्मे खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्