Trending
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप     |     सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वेदश फिर्ता     |     नेपालमा मनसुन आउन एक साता लाग्ने     |     सपनाको कुरा गर्ने ‘रोल नं १’को गीत ‘रंगीन सपना’ सार्वजनिक     |     मोदीमाथि दबाब हानिकारक : पुटिन     |     लामो बिदामा रहेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन आह्वान     |     संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव     |     जुवा खालबाट वडाध्यक्ष पक्राउ     |     एसियन गेम्स छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा     |     स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन     |    
कला र मनोरन्जन

‘लाज शरणम्’लाई ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ

१९ फाल्गुन २०८१, सोमबार ०४:५२

काठमाडौं। चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र चल्यो ।

काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो चलचित्रले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो ।

दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले व्यापार पनि राम्रो गर्नेमा निर्माणपक्ष विश्वस्त छ । सामान्यतया आइतबारदेखि बिहीबारसम्म बिदा नहुँदा दर्शकको चाप देखिँदैन । तर, ‘लाज शरणम्’मा आइतबार पनि उत्साहजनक साथ रहेकाले निर्माण चलचित्रको व्यापार पुनः बढ्दै जाने बताउँछ ।

महेश त्रिपाठी र धुर्मुसको भूमिकालाई दर्शकले विशेष रूपमा मन पराइरहेका छन् । समसामयिक विषयलाई उठान गरेकाले हेर्नैपर्ने सिनेमा भन्दै दर्शकले तारिफ गरिरहेका छन् । सामाजिक कथासँगै कमेडी पनि भएकाले दर्शकले रुचाएको निर्माणपक्षले दाबी गरहेको छ ।

सिनेमाको प्रचारका लागि दर्शक भेट्न कलाकारहरू हलहलमा पुगिरहेका छन् । कलाकारको एउटा टोली काठमाडौंका हलहलमा पुसगरहेको छ भने अर्को टोली पोखरामा छ । वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको थियो ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् । पहिलो दिन यो चलचित्रले एक करोड १० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्