Trending
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु     |     भब्य सेटमा ‘क्याप्टेन साब’को छायांकन     |     यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान     |     आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक     |     डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल?     |     कर्णाली प्रदेश खेलकुद महासंघको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत निर्वाचित     |     कर्णाली–सुदूरपश्चिमका ९७ हिमालमा पर्वतारोहण दस्तुर दुई वर्षका लागि हटाइयो     |     बडिमालिका मन्दिरतर्फ कालिकोटबाट पहिलोपटक सरकारी टोली डोलीसहित प्रस्थान     |     मुगुको छायाँनाथ धाममा तीर्थयात्रा सुरु     |    
समाचार

माइक्राेबस दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, १४ जना घाइते

१९ फाल्गुन २०८१, सोमबार ०९:४०

गोरखा । गोरखामा आज माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मनकामना मन्दिरको दर्शन गरेर फर्किँदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा बिहान दुर्घटना भएको छ ।

दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेको उनले बताए ।दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले बताए । बिहान करिब ११ः२५ बजे कच्ची सडकबाट माइक्रो करिब १५ मिटर तल खोँचमा थियो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते हुने सोही ठाउँका ५० वर्षीया हरिकला परियार, २९ वर्षीया गीता परियार, १० वर्षीय रितेश परियार, १३ वर्षीया सन्ध्या परियार, २५ वर्षीया रुपा परियार, २० वर्षीया सञ्चिता आले, ३५ वर्षीया प्रमिला राना, ४३ वर्षीया विमला परियार हुन् ।

अन्य घाइतेमा ३१ वर्षीय राजु परियार, १८ वर्षीया सुवना परियार, २१ वर्षीय अभिषेक परियार, २६ वर्षीया अनिसा परियार र ३६ वर्षीय अर्जुन परियार रहेको डिएसपी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्