Trending
राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट     |     ‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने     |     तेवान्दो टोली चीन जाने     |     भिभो वाई २९ नेपालमा सार्वजनिक     |     चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न     |     राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन     |     ‘वैदेशिक रोजगारमा कानून विपरित भइरहेको लाखौं असुलीबारे दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ?’…     |     गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |    
समाचार

नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

२० फाल्गुन २०८१, मंगलवार ०८:२८
काठमाडाैं । नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरेको छ ।
कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई क्रिटिकल केयर सम्बन्धी विषयमा २ दिने तालिम सञ्चालन गरेको हो । नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित क्रिटिकल केयरको तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार, इमरजेन्सी भेन्टिलेटर उपचार सम्बन्धी तालिम दिइएको छ ।

क्रिटिकल केयर नर्सेस एशोसिएशन अफ नेपाल अन्तरगत एनसिसि डेभलपमेन्ट फाउण्डेशनकी अध्यक्ष लक्ष्मी केसी भण्डारी, फाउण्डेशनका कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठ लगायतले विषयगत तालिम दिएका थिए ।

क्रिटिकल केयरको तालिमले नेपाल मेडिकल कलेजमा आउने विरामीहरुको उपचार तथा स्याहारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नर्सहरु बिरामीको उपचार तथा अस्पताल सेवाको लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरुको क्षमता अभिबृद्धि गर्न कलेज सदैव सकारात्मक रहेको बताउनु भयो ।

उहाँले तालिमले कलेजको स्वास्थ्य सेवा, आइसियूको सेवा गुणस्तरीय र प्रभावकारी हुने विस्वास लिएको बताउनु भयो ।
तालिमको समापनमा सहभागीहरुलाई संवोधन गर्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले तालिमबाट अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिकाहरुको क्षमता विकास, क्रिटिकल केयरको उपचारमा थप क्षमता विकास भएको बताउनु भयो । उहाँले तालिममा सिकेका विषयहरु कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताउँदै कलेजले समय समयमा यस्ता तालिमहरु सञ्चालन गर्दै जाने उल्लेख गर्नुभयो ।
कुनैपनि बिरामीको उपचारमा डाक्टरहरुको जति भूमिका रहन्छ नर्सहरुको भूमिका पनि रहने भन्दै प्रबन्ध निर्देशक डा. यासमिनले डाक्टरहरुले लेख्ने औषधी एकै प्रकारको भएपनि नर्सहरुबाट पाउने स्वास्थ्य स्याहार फरक र महत्वूर्ण हुने जिकीर गर्नुभयो । नेपालमा मात्र नभएर दक्षिण एसियामै क्रिटिकल केयरलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउँदै क्रिटिकल केयरको तालिमले नर्सहरुलाई बिरामीको सेवा र उपचारमा बढी लगनशील र दृढ बनाउने अपेक्षा गरेको बताउनु भयो । ‘यो तालिमले तपाईहरुको क्षमतालाई अझै विस्तार गर्नेछ ।

आइसियूको मोडालिटीलाई अझै राम्रो बनाउन अपेक्षा लिएका छौं । तालिम पछि तपाईहरु नेपालमा होस् वा नेपाल बाहिर गएपनि क्रिटिकल केयरमा जुनसुकै अस्पतालमा काम गर्न सक्षम बनाउने छ ।’ प्रबन्ध निर्देशक डा. यासमिनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्