Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम

२० फाल्गुन २०८१, मंगलवार ०८:२८
काठमाडाैं । नेपाल मेडिकल कलेजले स्टाफ नर्सहरुलाई क्रिटिकल केयरको तालिम प्रदान गरेको छ ।
कलेजले आफ्ना ३६ जना स्टाफ नर्सहरुलाई क्रिटिकल केयर सम्बन्धी विषयमा २ दिने तालिम सञ्चालन गरेको हो । नर्सेस एशोसिएशन अफ नेपालसँगको समन्वयमा आयोजित क्रिटिकल केयरको तालिममा सहभागीहरुलाई मुटु रोग, सघन उपचार, इमरजेन्सी भेन्टिलेटर उपचार सम्बन्धी तालिम दिइएको छ ।

क्रिटिकल केयर नर्सेस एशोसिएशन अफ नेपाल अन्तरगत एनसिसि डेभलपमेन्ट फाउण्डेशनकी अध्यक्ष लक्ष्मी केसी भण्डारी, फाउण्डेशनका कविता सिटौला, श्रेयष्मा रेग्मी, श्रृष्टी अर्याल, सपना खड्का, प्रभा श्रेष्ठ लगायतले विषयगत तालिम दिएका थिए ।

क्रिटिकल केयरको तालिमले नेपाल मेडिकल कलेजमा आउने विरामीहरुको उपचार तथा स्याहारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कलेजका अस्पताल निर्देशक प्रा.डा. निलमणी उपाध्यायले नर्सहरु बिरामीको उपचार तथा अस्पताल सेवाको लागि महत्वपूर्ण रहेको बताउँदै उनीहरुको क्षमता अभिबृद्धि गर्न कलेज सदैव सकारात्मक रहेको बताउनु भयो ।

उहाँले तालिमले कलेजको स्वास्थ्य सेवा, आइसियूको सेवा गुणस्तरीय र प्रभावकारी हुने विस्वास लिएको बताउनु भयो ।
तालिमको समापनमा सहभागीहरुलाई संवोधन गर्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यास्मिनले तालिमबाट अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिकाहरुको क्षमता विकास, क्रिटिकल केयरको उपचारमा थप क्षमता विकास भएको बताउनु भयो । उहाँले तालिममा सिकेका विषयहरु कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताउँदै कलेजले समय समयमा यस्ता तालिमहरु सञ्चालन गर्दै जाने उल्लेख गर्नुभयो ।
कुनैपनि बिरामीको उपचारमा डाक्टरहरुको जति भूमिका रहन्छ नर्सहरुको भूमिका पनि रहने भन्दै प्रबन्ध निर्देशक डा. यासमिनले डाक्टरहरुले लेख्ने औषधी एकै प्रकारको भएपनि नर्सहरुबाट पाउने स्वास्थ्य स्याहार फरक र महत्वूर्ण हुने जिकीर गर्नुभयो । नेपालमा मात्र नभएर दक्षिण एसियामै क्रिटिकल केयरलाई प्रभावकारी बनाउन अपरिहार्य भएको बताउँदै क्रिटिकल केयरको तालिमले नर्सहरुलाई बिरामीको सेवा र उपचारमा बढी लगनशील र दृढ बनाउने अपेक्षा गरेको बताउनु भयो । ‘यो तालिमले तपाईहरुको क्षमतालाई अझै विस्तार गर्नेछ ।

आइसियूको मोडालिटीलाई अझै राम्रो बनाउन अपेक्षा लिएका छौं । तालिम पछि तपाईहरु नेपालमा होस् वा नेपाल बाहिर गएपनि क्रिटिकल केयरमा जुनसुकै अस्पतालमा काम गर्न सक्षम बनाउने छ ।’ प्रबन्ध निर्देशक डा. यासमिनले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्