Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

२० फाल्गुन २०८१, मंगलवार १०:४२

काठमाडौं। ठगी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ सागबारी बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनि नागरिकता तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाण पत्र लगायतमा फरक परेको विवरण मिलाई दिन्छु भन्दै पीडितलाई विश्वास दिलाई रकम लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सागबारीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्