Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

भारत आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि नजिक

२० फाल्गुन २०८१, मंगलवार १६:२३

काठमाडौँ। भारत आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो।

भारतका लागि विराट कोहलीले शानदार ब्याटिङ गर्दै ८४ रन जोडे। उनले ९८ बलमा ५ चौका प्रहार गरे। कप्तान तथा ओपनर रोहित शर्माले २८ रन बनाएका थिए भने अर्का ओपनर शुभमन गिल ८ रनमा आउट भए।

मध्यक्रममा श्रेयस अय्यरले ४५ रन बनाए भने अक्षर पटेल २७ रनमा पेभिलियन फर्किए। केएल राहुलले संयमित पारी खेल्दै नटआउट ४२ रन जोडे। हार्दिक पाण्ड्याले आक्रामक रूपमा २४ बलमा २८ रन बनाएर आउट भए। बलिङतर्फ अस्ट्रेलियाका नाथान इल्स र एडम जाम्पाले समान २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्