Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
खेलकुद

भारत आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि नजिक

२० फाल्गुन २०८१, मंगलवार १६:२३

काठमाडौँ। भारत आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो।

भारतका लागि विराट कोहलीले शानदार ब्याटिङ गर्दै ८४ रन जोडे। उनले ९८ बलमा ५ चौका प्रहार गरे। कप्तान तथा ओपनर रोहित शर्माले २८ रन बनाएका थिए भने अर्का ओपनर शुभमन गिल ८ रनमा आउट भए।

मध्यक्रममा श्रेयस अय्यरले ४५ रन बनाए भने अक्षर पटेल २७ रनमा पेभिलियन फर्किए। केएल राहुलले संयमित पारी खेल्दै नटआउट ४२ रन जोडे। हार्दिक पाण्ड्याले आक्रामक रूपमा २४ बलमा २८ रन बनाएर आउट भए। बलिङतर्फ अस्ट्रेलियाका नाथान इल्स र एडम जाम्पाले समान २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्