Trending
राष्ट्रिय योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश     |     प्रधानमन्त्रीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खलाका प्रतियोगीहरुको भेट     |     ‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्‌गलवार टिजर आउने     |     तेवान्दो टोली चीन जाने     |     भिभो वाई २९ नेपालमा सार्वजनिक     |     चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न     |     राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन     |     ‘वैदेशिक रोजगारमा कानून विपरित भइरहेको लाखौं असुलीबारे दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ?’…     |     गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |    
समाचार

रंगशाला निर्माणका लागि उठाएको रकम दुरुपयोग नभएको अख्तियारको निष्कर्ष, धुर्मुस–सुन्तली निर्दोष

२० फाल्गुन २०८१, मंगलवार १६:२८

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि संकलित रकम दुरुपयोग नभएको निष्कर्ष निकालेको छ।

कलाकार तथा समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’विरुद्ध रंगशाला निर्माणका क्रममा आर्थिक अपचलन भएको भन्दै उजुरी परेका थिए। तर, अख्तियारको अनुसन्धानले उनीहरू निर्दोष रहेको पुष्टि गरेको छ।

रंगशाला निर्माणका क्रममा आर्थिक अपचलन भएको भन्दै केही पक्षले उजुरी दिएका थिए। तर, अख्तियारले गरेको विस्तृत अनुसन्धानपछि संकलित रकम पारदर्शी रूपमा खर्च गरिएको निष्कर्ष निकाल्दै मुद्दा नचलाउने निर्णय गरेको छ। यो निर्णयसँगै धुर्मुस–सुन्तलीले लामो समयदेखि खेप्दै आएको कानुनी अन्योल अन्त्य भएको छ।

धुर्मुस सुन्तलीविरुद्ध चितवन क्रिकेट संघका तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले २०७८ माघमा अख्तियारमा उजुरी हालेका थिए । भरतपुर महानगर स्रोतका अनुसार मुद्दालाई तामेलीमा राखिएको पत्र प्राप्त भएको छ । तामेलीमा राखिएको पत्रमा थप प्रमाण फेला परेमा कानुन बमोजिम हुने स्रोतको भनाइ छ ।

अख्तियारले ३ वर्ष लगाएर अनुसन्धान गर्दा पनि सरकारी तथा गैरसरकारी सहयोग दुरुपयोग भएको प्रमाण नभेटिएको पाइएको हो । फाउन्डेसनले महानगरलाई रंगशाला हस्तान्तरण गर्दा ६३ लाख रुपैयाँ खर्च भएको बताएको थियो ।

त्यस्तै ३८ लाख रुपैयाँ सरकारी तथा गैरसरकारी सस्थासँगै जनस्तरबाट सहयोग उठेको फाउन्डेसनले अडिट रिपोर्टमा उल्लेख छ । धुर्मुसले रंगशाला निर्माणका क्रममा १८ करोड ऋण लागेको भन्दै सरकारसँग तिरिदिन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्