Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अमेरिकाबाट नेपाली लिएर आएको विमान काठमाडौंमा अवतरण

२१ फाल्गुन २०८१, बुधबार ०६:०२

काठमाडौं । अमेरिकामा अवैधानिक रूपमा बसेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौं अवतरण गरेको छ ।

अमेरिकामा आधिकारिक कागजातविनै बसेका १० जना नेपालीलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान अवतरण गरेको हो ।

अवैधानिक आप्रवासीलाई निष्कासन गर्ने अमेरिकी नीतिअनुसार उनीहरूलाई नेपाल पठाइएको हो । यससँगै, हालसम्म अमेरिकाबाट नेपाल फर्काइएकाको संख्या ३७ पुगेको छ । यसअघि पनि २७ जना नेपालीलाई अमेरिका सरकारले निष्कासन गरी नेपाल पठाएको थियो ।

नेपालसँगै भारत तथा अन्य देशका अवैधानिक आप्रवासीहरूलाई पनि उनीहरूकै देश फर्काउने प्रक्रिया अमेरिकी सरकारले जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्