Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

इस्लाम धर्मावलम्बीद्वारा मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरूको भव्य स्वागत

२१ फाल्गुन २०८१, बुधबार ०६:०८

महोत्तरी। इस्लाम धर्मावलम्बीहरूले मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरूलाई आज ध्रुवकुण्डमा स्वागत गरेका छन्।

परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो, जुन इस्लाम धर्मावलम्बीको बाहुल्य क्षेत्र मानिन्छ। बलवा नगरपालिकाका रौजा, धमौरा, र अधियानपुरका इस्लाम धर्मावलम्बीहरूले यात्रीहरूलाई खादा र माला लगाइ सम्मान गरेका हुन्।

ध्रुवकुण्ड हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो, जहाँ सत्ययुगका राजकुमार ध्रुवले कठोर तपस्या गरेका विश्वास गरिन्छ। सोही ठाउँमा इस्लाम परम्पराका सुफी सन्त गदालीबाबा, बहार अलीबाबा, र रहमत अलीबाबाका मजारहरू पनि रहेका छन्।

स्थानीय सामाजिक कार्यकर्ता मन्सुल कवारीका अनुसार हिन्दू र मुस्लिम समुदायले परस्परको धार्मिकस्थललाई सम्मान गर्ने परम्परा रहँदै आएको छ। परिक्रमा यात्रुहरू भोलि महोत्तरीको अन्तिम विश्रामस्थल कञ्चनवनतर्फ प्रस्थान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्