Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

इस्लाम धर्मावलम्बीद्वारा मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरूको भव्य स्वागत

२१ फाल्गुन २०८१, बुधबार ०६:०८

महोत्तरी। इस्लाम धर्मावलम्बीहरूले मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरूलाई आज ध्रुवकुण्डमा स्वागत गरेका छन्।

परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो, जुन इस्लाम धर्मावलम्बीको बाहुल्य क्षेत्र मानिन्छ। बलवा नगरपालिकाका रौजा, धमौरा, र अधियानपुरका इस्लाम धर्मावलम्बीहरूले यात्रीहरूलाई खादा र माला लगाइ सम्मान गरेका हुन्।

ध्रुवकुण्ड हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो, जहाँ सत्ययुगका राजकुमार ध्रुवले कठोर तपस्या गरेका विश्वास गरिन्छ। सोही ठाउँमा इस्लाम परम्पराका सुफी सन्त गदालीबाबा, बहार अलीबाबा, र रहमत अलीबाबाका मजारहरू पनि रहेका छन्।

स्थानीय सामाजिक कार्यकर्ता मन्सुल कवारीका अनुसार हिन्दू र मुस्लिम समुदायले परस्परको धार्मिकस्थललाई सम्मान गर्ने परम्परा रहँदै आएको छ। परिक्रमा यात्रुहरू भोलि महोत्तरीको अन्तिम विश्रामस्थल कञ्चनवनतर्फ प्रस्थान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्