Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

२१ फाल्गुन २०८१, बुधबार १०:१५

काठमाडौं। सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रम एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।

ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ ।

एकेडेभीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्य प्रशिक्षक साम्संङजंग थापा, सोनु दास र सक्षम बास्ताकोटी रहेका छन् । एकेडेमी हालै सञ्चालनमा आएपनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउदै आएको छ । विद्यालयमा हाल १ सय ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ । रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराते र जिन्याष्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउदै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व कप्तान मल्लले एकेडेमी स्थापना गर्नु प्रशंसनीय कार्य भएको बताउदै यो कार्यले नेपाली क्रिकेटको विकासमा पनि योगदान दिने विश्वास व्यक्त गरे । उनले साधारण प्रशिक्षण मात्र पर्याप्त नहुने भएको हुँदा एकेडेमीमै प्रशिक्षण लिएको खण्डमा खेलाडीको क्षमता वृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

प्याब्सनका केन्द्रीय अध्यक्ष समेत रहेका रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डीके ढुंगानाले राष्ट्रलाई योगदान दिने खेलाडी र जनशक्ति उत्पादन गर्ने उद्देश्यले एकेडेमीको स्थापना गरिएको बताउदै नेपालमा पनि खेलकुद विश्वविद्यालय वा खेलकुद कलेज बनउनेतर्फ प्याब्सनले काम गरिरहेको बताए । प्रिन्सिपल ढुंगानाले कुनै न कुनै हिसाबले रेडियन्ट रिडर्सले शिक्षाका अलावा खेलकुदसंगै अन्य अत्तिरिक्त क्रियाकलापमा पनि जोड दिइरहेको बगाए ।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम समापनपछि पूर्व कप्तान मल्लले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई ‘अटोग्राफ’ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्