Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रविले प्रधानमन्त्रीलाई भने- बसेर कुरा गरौं, म रुम मिलाउँछु

७ आश्विन २०८१, सोमबार ०२:३३

७ असोज, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवाद गर्नका लागि प्रस्ताव गरेका छन् ।

आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालकको पक्राउपछि लामिछानेले प्रहरीको गतिविधिबारे चिन्तित महसुस गर्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव गरेका हुन् ।

गएराति सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गरेका छन् ।

लामिछानेले भनेका छन्, ‘न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि ।’

आइतबार गोर्खा मिडिया ग्रुपका पूर्व सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो ।

पक्राउ पर्ने खबर मिडियामा एक पछि अर्को गर्दै आएपछि वनस्थलीस्थित पार्टी कार्यालयमा शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्