Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

घिसिङ हटाउने विषयमा कुनै चलखेल छैन : ऊर्जा मन्त्री खड्का

२१ फाल्गुन २०८१, बुधबार १०:५५

दमौली। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने विषयमा कुनै चलखेल नभएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्पष्ट पारेका छन्।

तनहुँको डुम्रेमा आयोजित डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले सरकारलाई आवश्यकतानुसार निर्णय लिने अधिकार रहेको बताए।

उनका अनुसार, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र? सरकारलाई आवश्यकता परेको बेलामा हटाउन वा राख्न सक्ने अधिकार छ।” साथै, उनले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार दिइने र गलत काम गर्नेहरूलाई दण्डित गरिने पनि बताए।

प्राधिकरणले कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक पाउनुका विषयमा मन्त्री खड्काले समयमा विवरण नबुझाइएको कारण देखाउँदै भने, “विद्यार्थी जाँचमा अनुपस्थित हुँदा के हुन्छ? यही अवस्था भएको हो।

प्रतिक्रिया दिनुहोस्