Trending
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |    
समाचार

घिसिङ हटाउने विषयमा कुनै चलखेल छैन : ऊर्जा मन्त्री खड्का

२१ फाल्गुन २०८१, बुधबार १०:५५

दमौली। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने विषयमा कुनै चलखेल नभएको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले स्पष्ट पारेका छन्।

तनहुँको डुम्रेमा आयोजित डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले सरकारलाई आवश्यकतानुसार निर्णय लिने अधिकार रहेको बताए।

उनका अनुसार, “एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र? सरकारलाई आवश्यकता परेको बेलामा हटाउन वा राख्न सक्ने अधिकार छ।” साथै, उनले नेपाल विद्युत् प्राधिकरणलाई योगदान पुर्याउनेलाई पुरस्कार दिइने र गलत काम गर्नेहरूलाई दण्डित गरिने पनि बताए।

प्राधिकरणले कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक पाउनुका विषयमा मन्त्री खड्काले समयमा विवरण नबुझाइएको कारण देखाउँदै भने, “विद्यार्थी जाँचमा अनुपस्थित हुँदा के हुन्छ? यही अवस्था भएको हो।

प्रतिक्रिया दिनुहोस्