Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

चीनमा रहेका रास्वपाका नेता आज स्वदेश फर्किँदै

७ आश्विन २०८१, सोमबार ०२:३६

७ असोज, काठमाडौं। चीन भ्रमणमा रहेका उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता सोमबार फर्किँदैछन्।

पार्टी सभापति रवी लामिछाने सहकारी बचत अपचलनमा प्रहरीबाट पक्राउ पर्ने आशंका भएपछि टोली भ्रमण छोट्याएर फर्किन लागेको हो ।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएका सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा भ्रमण छोट्याएर आकस्मिक रूपमा आजै स्वदेश फर्किन लागेका हुन्।

सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई आइतबार फिर्ता बोलाएको थियो। सभापति लामिछानेसमेत पक्राउ पर्ने हल्लाले तरंगित बनेको रास्वपाले आइतबार बेलुकी नै उपत्यकाका कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमति बोलाएको थियो।

चिनिया पक्षबाट औपचारिक रूपले आएको पहिलो निम्तो मान्न रास्वपाका ७ सांसद र ७ नेता गएका थिए। १० दिने भ्रमणमा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस्