Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

चीनमा रहेका रास्वपाका नेता आज स्वदेश फर्किँदै

७ आश्विन २०८१, सोमबार ०२:३६

७ असोज, काठमाडौं। चीन भ्रमणमा रहेका उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेता सोमबार फर्किँदैछन्।

पार्टी सभापति रवी लामिछाने सहकारी बचत अपचलनमा प्रहरीबाट पक्राउ पर्ने आशंका भएपछि टोली भ्रमण छोट्याएर फर्किन लागेको हो ।चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा शनिबार राति उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमणमा गएका सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा भ्रमण छोट्याएर आकस्मिक रूपमा आजै स्वदेश फर्किन लागेका हुन्।

सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई आइतबार फिर्ता बोलाएको थियो। सभापति लामिछानेसमेत पक्राउ पर्ने हल्लाले तरंगित बनेको रास्वपाले आइतबार बेलुकी नै उपत्यकाका कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमति बोलाएको थियो।

चिनिया पक्षबाट औपचारिक रूपले आएको पहिलो निम्तो मान्न रास्वपाका ७ सांसद र ७ नेता गएका थिए। १० दिने भ्रमणमा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तरक्रिया गर्ने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस्