Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

२२ फाल्गुन २०८१, बिहीबार १०:२५

महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गरेका छन्।

महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरुका लागि पनि सीपका साथै रोजगारी सृजना गर्ने बताए।

उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकोले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने जनाए ।

उनले भने अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आपको खेती विकास गर्न सक्छन् । यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।”

आइएमइ ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्नेछ । यस उद्योगले करिब तीन सयको रोजगारी दिनेछ । नेपालमा वार्षिक करिब डेड लाख मेट्रिक टन कागज खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्