Trending
रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाको उम्मेदवार डा. लेखजंग थापा     |     पेट्रोलियम पदार्थको मूल्य घट्यो     |     चौथो खेलमा नेपाल ए आसामसँग पराजित     |     नेपालले भुटानसँग बराबरी गर्दै साफ यू–१७ च्याम्पियनसिप तेस्रो बनायो     |     चीन भ्रमणमा प्रधानमन्त्री ओली : तियानजिनमा धान क्षेत्र अवलोकन     |     कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान     |     यस्तो छ विदेशी मुद्राको विनिमय दर     |     सुदूरपश्चिममा गौरापर्व : आज मुख्य दिन अठ्यावाली     |     “दृश्यमा नेपाल” अभियानअन्तर्गत “तिम्रो साथमा” भिडियोले कोशी पर्यटन वर्षलाई टेवा     |     भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि     |    
खेलकुद

फेरि ब्याटिङमा चुक्यो नेपाल, बेहोर्‍यो लगातार तेस्रो हार

७ आश्विन २०८१, सोमबार ०२:४१

७ असोज, काठमाडौं। क्यानडामा जारी आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । तेस्रो पराजय बेहोर्नेक्रममा नेपाल आइतबार बिहान सम्पन्न खेलमा क्यानडासँग ५ विकेटले पराजित भयो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो । यस सिरिजमा नेपालको ब्याटिंग लगातार फ्लप हुँदै आएको छ ।

नेपालले आफ्ना शीर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो । यो जित पछि क्यानडा लिग–२ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अंक भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्