Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

चक्रपथ विस्तारको काम केही समयमै सुरु हुन्छः मन्त्री दाहाल

२३ फाल्गुन २०८१, शुक्रबार १०:५३

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ चक्रपथ दोस्रो खण्डअन्तर्गतको काम केही समयमै सुरु हुने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले चक्रपथको दोस्रो खण्डतर्फ ‘सर्भिस लेन’को निर्माण भइरहेको जानकारी दिए ।

“मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेकाले केही समयमै चीन सरकारको सहयोगमा बाँकी निर्माण कार्य सुरु हुनेछ”, मन्त्री दाहालले भने । उनले पुँजीगत खर्च बढाएर लैजान मन्त्रालयले पहलदकमी लिइरहेको उल्लेख गरेका छन् । नागढुङ्गा–मुग्लिन, बिपी राजमार्ग, उत्तरदक्षिण करिडोर, पूर्वपश्चिम राजमार्गलगायत राष्ट्रिय राजमार्ग निर्माण तथा स्तरोन्नतिमा अपेक्षित नतिजा हासिल गरिएको दाहालको भनाइ छ ।
गत पुस मसान्तभित्र सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रू, माघ १७ गतेसम्म ४१ वटा पुल निर्माण सम्पन्न भएको छ । रेलमार्गको तीन किलोमिटर ‘ट्र्याक’ तथा दुई लेनतर्फ २४६ किमी सडक कालोपत्र र छ लेनतर्फ ३० किलोमिटर सम्पन्न भएको छ ।

यसबीचमा नौ लाख ‘स्मार्ट लाइसेन्स’ वितरण गर्ने भनिएको थियो तर एक लाख ६९ हजार ४३९ मात्रै छपाइ भएर वितरण गरिएको छ”, उनले भने “दुई÷तीन महिना कार्ड छपाइ गर्ने मेसिन नै चलेन, त्यहाँ अनेक समस्या रहेछन्, ती समस्या समाधान गर्दै अघि बढिएको छ ।”

प्रतिक्रिया दिनुहोस्