Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

बलमा ७८ प्रतिशत नियन्त्रण गरेर पनि आर्सनलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

७ आश्विन २०८१, सोमबार ०२:४५

७ असोज, काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ । गए राति भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो ।

गएरातिको खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफूलाई हारबाट बचाएको हो । दुवै क्लब २–२ को बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका थिए । खेलको इन्जुरी समयको ९८औँ मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो ।

सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए । त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए ।

आर्सनलका लिन्ड्रो ट्रोसार्डले दोस्रो हाफको ८ औँ मिनेटमा रातो कार्ड पाएर खेलबाट बाहिरिएका थिए । साविक विजेता सीटी १३ अङ्कका साथ शीर्ष स्थानमा छ । आर्सनल ११ अङ्कसहित चौथो स्थानमा छ । यसअघि गएराति भएको पहिलो खेलमा ब्राइटन र नटिङघम फरेस्टले पनि बराबरी खेलेका थिए ।

ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा भएको खेलमा ब्राइटन र नटिङघम फरेस्टले २–२ गोलको बराबरी खेलेका हुन् । ब्राइटनका लागि ज्याक हिन्शेलउड र ड्यान्नि वेलबेकले गोल गरे । नटिङघम फरेस्टका क्रिस उड र रामोन सोसाले गोल गरे । नटिङघम फरेस्टका मोर्गन गीब्स ह्वाइटले रातो कार्ड पाए ।

प्रतिक्रिया दिनुहोस्