Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुस

२४ फाल्गुन २०८१, शनिबार ०९:३७

काठमाडौं। काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो दुई बजेर ३६ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो । चीनको तिब्बत केन्द्रविन्दु भएर गएको ५.१ म्याग्निच्युडको भूकम्पको महसुस भारत, बंगलादेश र भुटानका केही क्षेत्रमा गरिएको छ ।यसअघि शनिबार बिहान बागलुङ र म्याग्दी केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु स्थानीय खुखानी भन्ने स्थान रहेको केन्द्रको भनाइ छ ।

केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्