Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

काठमाडौंमा भूकम्पको धक्का महसुस

२४ फाल्गुन २०८१, शनिबार ०९:३७

काठमाडौं। काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

दिउँसो दुई बजेर ३६ मिनेटमा उपत्यकाका भूकम्पको धक्का महसुस भएको हो । चीनको तिब्बत केन्द्रविन्दु भएर गएको ५.१ म्याग्निच्युडको भूकम्पको महसुस भारत, बंगलादेश र भुटानका केही क्षेत्रमा गरिएको छ ।यसअघि शनिबार बिहान बागलुङ र म्याग्दी केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ६ बजेर २० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु स्थानीय खुखानी भन्ने स्थान रहेको केन्द्रको भनाइ छ ।

केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्