Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
कला र मनोरन्जन

प्रदर्शनको सफलताबीच ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक

२४ फाल्गुन २०८१, शनिबार ११:३०

काठमाडौं। सफलताका साथ दोस्रो दिनमा प्रदर्शनरत नेपाली चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रको सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा चलचित्रमा समावेश गरिएको यो गीत सार्वजनिक गरिएको हो ।

किरण माइकलको सङ्गीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल, र किरण माइकलको स्वर रहेको छ भने वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको छ । गीतमा नृत्याङ्गना आश्मा विश्वकर्माको पावरफुल नृत्य रहेको छ भने भिडियोमा ‘होस्टेल ३’का कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायत पार्टी मुडमा देखिएका छन् भने कलाकार पारस बम ‘कुलब्वाय’ भने फरक मुडमा छन् । गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।

शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ । चलचित्रले अपेक्षाभन्दा व्यापक रूपमा सफलता प्राप्त गरेको वितरकहरुले बताएका छन् । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन् ।

यसैबीच, यस चलचित्रका कलाकारहरू शनिवार बिहानैदेखि काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन् भने कलाकार आफ्नो अगाडि पाउँदा खुसीले व्यापक हुटिङ गरिरहेका छन् । दर्शकले ‘होस्टेल ३’ अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।

सशान कँडेलले निर्देशन गरेको यस चलचित्रको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् । अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्