Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

सरकार नै कुलमानको पछि लागेर किचकिच गरिराखेको छ, यो ठीक होईनः कांग्रेस महामन्त्री थापा

२४ फाल्गुन २०८१, शनिबार ११:४६

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले चाहेकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको टिप्पणी गरेका हुन् ।

सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘अहिले हामी सुनिरहेका छौँ, ऊर्जा मन्त्रालयको । मन्त्रालय अन्तर्गत विद्युत् प्राधिकरण छ । मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको हो । तीन–चार महिनामा सेवा निवृत्त हुने एउटा व्यक्तिको पछि सरकार नै लागेको देखिन्छ । यस्ता कुरा ठिक होइन । यस्तो, नचाहिने काममा कोही पनि मन्त्रीहरू लाग्नु हुँदैन । सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने हो ।’

महामन्त्री थापाले प्रचण्डको चकचक र उपद्रोको कारणले अहिलेको अवस्था आएको बताए । उनले ऊर्जामन्त्री दीपक खड्कालाई लक्षित गर्दै राम्रो काम गर्न नसके नराम्रो पनि नगर्न सुझाए ।

प्रतिक्रिया दिनुहोस्