Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित

२५ फाल्गुन २०८१, आईतवार ०८:०६

खोटाङ। माओवादीबाट साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्षमा विजयी भएका अर्जुनकुमार कटवाललाई जानकारीबिनै अमेरिका बसेको भन्दै निलम्बन गरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले खड्कालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो ।

खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई कुनै जानकारी नदिई अमेरिका बसिरहेका छन् ।

पार्टीले उनलाई फर्किएर आफ्नो कार्यभार सम्हाल्न पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरेका भन्दै नेकपा माओवादी केन्द्रको प्रदेश कमिटिले कटवाललाई निलम्बन गरेको हो । नेकपा माओवादी केन्द्र, खोटाङका अध्यक्ष दिपक पाण्डे (आकाश) का अनुसार, साकेला गाउँपालिका कमिटिले गत पुस ११ गते कटवाललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

कटवाल २०७९ सालमा पनि साढे दुई महिना अमेरिका बसेर फर्किएका थिए । त्यसबेला कटवालले वडा सदस्यलाई कार्यवाहक तोकेर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्