Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

अमेरिका बस्ने वडाध्यक्ष पार्टीबाट निलम्बित

२५ फाल्गुन २०८१, आईतवार ०८:०६

खोटाङ। माओवादीबाट साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्षमा विजयी भएका अर्जुनकुमार कटवाललाई जानकारीबिनै अमेरिका बसेको भन्दै निलम्बन गरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले खड्कालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो ।

खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल विगत एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई कुनै जानकारी नदिई अमेरिका बसिरहेका छन् ।

पार्टीले उनलाई फर्किएर आफ्नो कार्यभार सम्हाल्न पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरेका भन्दै नेकपा माओवादी केन्द्रको प्रदेश कमिटिले कटवाललाई निलम्बन गरेको हो । नेकपा माओवादी केन्द्र, खोटाङका अध्यक्ष दिपक पाण्डे (आकाश) का अनुसार, साकेला गाउँपालिका कमिटिले गत पुस ११ गते कटवाललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

कटवाल २०७९ सालमा पनि साढे दुई महिना अमेरिका बसेर फर्किएका थिए । त्यसबेला कटवालले वडा सदस्यलाई कार्यवाहक तोकेर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्