Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

आर्थिक विवादका कारण जनमत पार्टीका कोक्षाध्यक्षमाथि कारबाही

२५ फाल्गुन २०८१, आईतवार ०८:१५

काठमाडौँ। जनमत पार्टीमा भाँडभैलो भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो ।

अनुशासन समितिका केन्द्रीय संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन हो । अनुशासन समितिका संयोजक साहलाई हटाइएको हुँदा कोषाध्यक्षलाई हटाउँदा अनुशासन समिति सदस्य अनिता कुमारी मण्डलले यादवलाई हटाएकी छन् ।

अनुशासन समितिका संयोजक साह महोत्तरीको बर्दिबासमा रहेर पनि केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएका छैनन् । जनमतको केन्द्रीय समितिको बैठक आजदेखि बर्दिबासमा सुरु भएको छ । साहले अनलाइनखबरसँग भने, ‘म बर्दिबासमा छु । केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएको छैन । डा. साब (सीके राउत) को मनमा के हुन्छ ? मैले के भन्नु र ?’

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार अनुशासन समितिको संयोजकलाई एक साताअघि नै निलम्बन गरिएको हो । केन्द्रीय कोषाध्यक्ष यादवलाई हटाउँदा चार बुँदेमा आर्थिक अनियमितता र निर्वाचनमा पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघमा आबद्ध रहेका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता रकम उठाएको उनलाई आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्