Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आर्थिक विवादका कारण जनमत पार्टीका कोक्षाध्यक्षमाथि कारबाही

२५ फाल्गुन २०८१, आईतवार ०८:१५

काठमाडौँ। जनमत पार्टीमा भाँडभैलो भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो ।

अनुशासन समितिका केन्द्रीय संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन हो । अनुशासन समितिका संयोजक साहलाई हटाइएको हुँदा कोषाध्यक्षलाई हटाउँदा अनुशासन समिति सदस्य अनिता कुमारी मण्डलले यादवलाई हटाएकी छन् ।

अनुशासन समितिका संयोजक साह महोत्तरीको बर्दिबासमा रहेर पनि केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएका छैनन् । जनमतको केन्द्रीय समितिको बैठक आजदेखि बर्दिबासमा सुरु भएको छ । साहले अनलाइनखबरसँग भने, ‘म बर्दिबासमा छु । केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाएको छैन । डा. साब (सीके राउत) को मनमा के हुन्छ ? मैले के भन्नु र ?’

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार अनुशासन समितिको संयोजकलाई एक साताअघि नै निलम्बन गरिएको हो । केन्द्रीय कोषाध्यक्ष यादवलाई हटाउँदा चार बुँदेमा आर्थिक अनियमितता र निर्वाचनमा पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघमा आबद्ध रहेका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता रकम उठाएको उनलाई आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्