Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

चार्टर्ड विमानमार्फत पोखराबाट काठमाडौँ लागे पूर्वराजा

२५ फाल्गुन २०८१, आईतवार १०:२४

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंतर्फ हिँडेका छन् । गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् ।

परिवारसहित उनी समिट एयरको चार्टर्ड विमानमार्फत् काठमाडौं प्रस्थान गरेका हुन् । पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपा नेता अरुण गिरीका अनुसार पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको छ ।

उनलाई काठमाडौंमा पञ्जेबाजासहित विशेष रूपमा स्वागत गरिने तयारी छ। अहिले उनको स्वागतका लागि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा छन् । उनलाई स्वागत गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, व्यवसायी दुर्गा प्रसाई लगायतका हजारौँ समर्थकहरु विमानस्थलमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्