Trending
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |     कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा     |     आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते     |    
समाचार

काठमाडौं ओर्लिए राजा, विमानस्थलदेखि नै भव्‍य स्वागत

२५ फाल्गुन २०८१, आईतवार १०:५९

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका राजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्‍यालीले भव्‍य स्वागत गरेको छ।

पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । तर, विमानस्थलभित्र भने सुनसान छ । प्रहरीले कसैलाई पनि पस्न दिएको छैन ।

उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् । अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्‍याउन र्‍याली आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्