Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

काठमाडौं ओर्लिए राजा, विमानस्थलदेखि नै भव्‍य स्वागत

२५ फाल्गुन २०८१, आईतवार १०:५९

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका राजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्‍यालीले भव्‍य स्वागत गरेको छ।

पूर्वराजाको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल बाहिर जम्मा भएका छन् । तर, विमानस्थलभित्र भने सुनसान छ । प्रहरीले कसैलाई पनि पस्न दिएको छैन ।

उनलाई राप्रपा, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् । अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्‍याउन र्‍याली आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्