Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

शाहरुख खानलाई आयकर विवादमा राहत

२६ फाल्गुन २०८१, सोमबार ०७:४७

काठमाडौँ। बलिवुड सुपरस्टार शाहरुख खानले आयकरसँग सम्बन्धित मुद्दामा ठूलो जित हासिल गरेका छन् । भारतको आयकर पुनरावेदन न्यायाधीकरणले आर्थिक वर्ष २०११-१२ को लागि आयकर विभागद्वारा सुरु गरिएको पुनर्मूल्याङ्कन कार्यवाहीलाई रोक लगाएको छ ।

यो मुद्दा फिल्म ‘रावन’ को कमाईमा बेलायतमा तिरेको कर क्रेडिटसँग सम्बन्धित छ । शाहरुख र रेड चिलीज इन्टरटेनमेन्ट बीचको सम्झौता अनुसार, फिल्मको ७० प्रतिशत छायांकन बेलायतमा हुने भनिएको थियो । त्यसकारण ७० प्रतिशत आम्दानी विदेशमा भएको मानिन्थ्यो, जुन बेलायती करको अधीनमा थियो । यसमा होल्डिङ कर पनि समावेश थियो ।

खानले यस फिल्मबाट ८३.४२ करोड भारु आम्दानी घोषणा गरेका थिए । बेलायतमा तिरेको कर क्रेडिटको लागि उनको दाबी करदाताले अस्वीकार गरेका थिए । आम्दानीको पुनर्मूल्यांकन ८४.१७ करोड रुपैयाँ गरिएको थियो । यो पुनर्मूल्याङ्कन सम्बन्धित मूल्याङ्कन वर्ष (२०१२-१३) को अन्त्यबाट चार वर्षभन्दा बढी समय पछि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्