Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच महत्वपूर्ण भेटवार्ता

२७ फाल्गुन २०८१, मंगलवार ०९:१४

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेट भएको छ ।

सो क्रममा उनीहरुबीच लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सङ्घीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउन आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

उनले भने, “सङ्घीय सरकारबाट लुम्बिनी प्रदेशमा खानेपानीका आयोजनामा करिब रु अढाई करोडभन्दा बढी रकम लगानी भइसकेको छ, थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन्, ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भए पनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।”

प्रतिक्रिया दिनुहोस्