Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

मन्त्री यादव र मुख्यमन्त्री आचार्यबीच महत्वपूर्ण भेटवार्ता

२७ फाल्गुन २०८१, मंगलवार ०९:१४

काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच आज मन्त्रालयमा भेट भएको छ ।

सो क्रममा उनीहरुबीच लुम्बिनी प्रदेशमा हाल सञ्चालनमा रहेका विभिन्न खानेपानी आयोजनाका विषयमा छलफल भएको छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सङ्घीय सरकारको बजेटबाट सञ्चालन भइरहेका कतिपय खानेपानीका आयोजनामा ८० प्रतिशत काम सम्पन्न भएका तथा १५ देखि २० प्रतिशत रकम थपेर सम्पन्न हुने अवस्थामा रहेकाले ती आयोजना सम्पन्न गराउन आवश्यक बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।

उनले भने, “सङ्घीय सरकारबाट लुम्बिनी प्रदेशमा खानेपानीका आयोजनामा करिब रु अढाई करोडभन्दा बढी रकम लगानी भइसकेको छ, थोरै रकम अभावमा केही योजना सम्पन्न गर्न बाँकी छन्, ती योजना सम्पन्न गरिदिन रकमान्तर गरेर भए पनि बजेट विनियोजन गर्न मेरो आग्रह छ ।”

प्रतिक्रिया दिनुहोस्