Trending
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल     |     प्रभु साहको प्रश्न, ‘प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ? अपारदर्शी सरकारबाट कसरी…     |     भ्रष्टाचार एवं दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको विकल्प छैन् : प्रभु साह     |     प्रतिनिधिसभा बैठक बस्दै     |     सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?     |     राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड     |     नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ     |     आर्थिक वर्ष २०८२-०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने     |     कोशीमा प्रधानमन्त्रीको सम्बोधन : देश पछि फर्काउने होइन, अघि बढाउने हो     |     सरकारले जनातालाई प्रतिक्रिया बिहीन बनाउँन खोज्यो : प्रभु साह     |    
कला र मनोरन्जन

चलचित्र ‘महाभोज’को रिलिज मिति तय

२७ फाल्गुन २०८१, मंगलवार ०९:१८

काठमाडौं। निर्माण घोषणादेखि नै प्रतीक्षित बनेको नेपाली चलचित्र ‘महाभोज’ आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

मङ्गलवार पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले यस चलचित्रको रिलिज मिति तोकेका हुन् । सो मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्राय: सबै देशहरूमा एकसाथ रिलिज हुने जनाइएको छ ।

रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ ।पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई सङ्केत गर्छ । पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्, उनले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सक्छन् । उनका वरिपरि अन्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्, उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय, र सङ्घर्षका भाव देखिन्छ ।

सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’ चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्, यो उनको आठौँ चलचित्र हो । यसमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।

मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्