Trending
स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल     |     प्रभु साहको प्रश्न, ‘प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले सार्वजनिक हुन्छ ? अपारदर्शी सरकारबाट कसरी…     |     भ्रष्टाचार एवं दलाल दलतन्त्रको बिरुद्ध तेस्रो जनआन्दोलनको विकल्प छैन् : प्रभु साह     |     प्रतिनिधिसभा बैठक बस्दै     |     सुनको मूल्यमा सामान्य वृद्धि, तोलाको कति पुग्यो ?     |     राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड     |     नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ     |     आर्थिक वर्ष २०८२-०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने     |     कोशीमा प्रधानमन्त्रीको सम्बोधन : देश पछि फर्काउने होइन, अघि बढाउने हो     |     सरकारले जनातालाई प्रतिक्रिया बिहीन बनाउँन खोज्यो : प्रभु साह     |    
समाचार

प्रतिनिधिसभा बैठक बस्दै

२८ फाल्गुन २०८१, बुधबार ०५:३४

काठमाडौँ। प्रतिनिधिसभाको आज अपराह्न ११ः०० बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने छन् ।

संसद् सचिवालयले प्रकाशन गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने छन्।

यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत गर्ने छन् ।

गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्