Trending
इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |     सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री     |     दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा     |     प्रधानमन्त्री बालेनले संसद‍्‍मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए     |     प्रधानमन्त्रीले भने- आवश्यक परे अख्तियारलाई ५ घण्टा होइन ५ वर्ष राखेर सल्लाह गरिन्छ     |     बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने     |     बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |    
समाचार

संविधान संशोधन कांग्रेस-एमालेको एजेन्डा होइन, बहाना मात्रै हो : प्रचण्ड

७ आश्विन २०८१, सोमबार १४:०७

७ असोज, काठमाडौं।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेन्डाको रूपमा नभई सरकार परिवर्तनको बहानाको रूपमा उठाएको दाबी गरेका छन् ।

संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको बताए ।

‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिन अघिसम्म उहाँहरूले औपचारिकरूपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले यो उहाँहरूको एजेन्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ ।’

पूर्व प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘अलिकति खोलिदिँदा अहिलेसम्म भएको सिस्टम भत्किने र बेलगाम अराजकता बढ्ने खतरा हुन सक्छ भन्ने प्रति गम्भीर हुनुपर्छ ।’

संविधान संशोधनबाट महिला, आदिवासी जनजाति, दलितलगायत पछाडि पारिएका समुदायको अधिकार खोस्न खोजेमा ठूलो राजनीतिक द्वन्द्व हुन सक्ने उनले बताए । ‘यस्तो भयो भने नेपालमा सम्हाल्न सक्ने हुन्छ भन्ने लाग्दैन’, प्रचण्डले भने ।

उनले जिम्मेवारीसाथ संविधान कार्यान्वयन गर्ने र कार्यान्वयनका क्रममा प्रयोगमा नआएका कुरालाई संशोधन गर्न सकिने बताए । नेपाली कांग्रेस र नेकपा एमालेले सरकार गठनका बेला संविधान संशोधन गर्ने भनेर नागरिकलाई झुक्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्