Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

बागमती प्रदेश प्रमुखद्वारा फागुपूर्णिमाको शुभकामना

२९ फाल्गुन २०८१, बिहीबार ०६:२५

हेटौँडा। बागमती प्रदेश प्रमुख दीपकप्रसाद बाँस्कोटाले फागुपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्व आपसी सद्भाव र मेलमिलापको प्रतीक भएको उल्लेख गरेका छन् ।

होली पर्वलाई आपसी भाइचारा, एकता, प्रेम र आत्मीय सम्बन्धको प्रतीकको रूपमा लिइएको उल्लेख गदै सन्देशमा उनले पर्वको महत्व खराब प्रवृत्तिलाई नाश गरेर सत्यता र न्यायलाई स्थापित गर्नु हो भनेका छन् ।

चाडपर्वले विशिष्ट मौलिक पहिचान बोकेका हुन्छन् । नेपाल सभ्यता र संस्कृतिमा धनी छ । आपसी सद्भाव र सहिष्णुतालाई आत्मसात् गर्दै पर्व मनाउन सबैलाई प्रेरणा मिलोस्, सन्देशमा उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्