Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान

२९ फाल्गुन २०८१, बिहीबार १०:५४

बेइजिङ । विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रले एक अर्काको आयातमा थुप्रै भन्सार शुल्क लगाउँदा बढ्दै गएको व्यापार तनाव समाधान गर्न बिहीबार चीनले वासिङ्टनसँग ‘वार्ता’ गर्न आह्वान गरेको छ ।

“चीन र अमेरिकाले आर्थिक र व्यापारिक क्षेत्रमा मतभेद र विवादप्रति सकारात्मक र सहयोगी मनोवृत्ति अपनाउनुपर्छ भनी चीनले सधैँ वकालत गर्दै आएको छ,” वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ्गकियानले साप्ताहिक पत्रकार सम्मेलनमा भने, “तर कुनै पनि प्रकारको सञ्चार र परामर्श आपसी सम्मान, समानता र आपसी फाइदामा आधारित हुनुपर्छ भन्ने कुरामा जोड दिनुपर्छ, धम्की र डर देखाउनाले मात्र प्रतिकूल परिणाम ल्याउन सक्छ । संयुक्त राज्य अमेरिका र चीनले संवाद र परामर्शमार्फत समस्याहरू समाधान गर्ने सही मार्गमा फर्कन… सँगै काम गर्नेछन् भन्ने आशा गरिएको छ ।”

संयुक्त राज्य अमेरिका र चीनले संवाद र परामर्शमार्फत समस्याहरू समाधान गर्ने सही मार्गमा फर्कन…सँगै काम गर्नेछन् भन्ने आशा गरिएको छ ।” जनवरीमा पुनः पदभार ग्रहण गरेयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक फेन्टानिल र सम्बन्धित पूर्ववर्ती रसायनहरूको प्रवाह रोक्न असफल भएको भन्दै चीन, क्यानाडा र मेक्सिको लगायत प्रमुख व्यापारिक साझेदारहरूमा भन्सार शुल्क लगाउनुभएको छ ।

यस महिना ट्रम्पले चिनियाँ उत्पादनहरूमा लगाउनुभएको १० प्रतिशतको सामान्य भन्सारलाई बढाएर २० प्रतिशत पुर्‍याउनुभएको थियो ।

बेइजिङले यसको जवाफमा सोयाबिन, सुँगुरको मासु र कुखुरासहितका अमेरिकी कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म कर लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्