Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

होली पर्व शुभकामना: मुख्यमन्त्री कार्की

२९ फाल्गुन २०८१, बिहीबार ११:०८

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुपूर्णिमा अर्थात् होली पर्वले नेपालीहरूबीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताए ।

आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले हामी नेपालीको यस किसिमको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गरी हाम्रा धर्म, संस्कृति र पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

असत्यमाथि सत्यको विजय उत्सवको रूपमा मनाइने यो पर्वले सबै नेपालीलाई सत्यमा हिँड्नको लागि प्रेरित गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्