Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

होली पर्व शुभकामना: मुख्यमन्त्री कार्की

२९ फाल्गुन २०८१, बिहीबार ११:०८

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुपूर्णिमा अर्थात् होली पर्वले नेपालीहरूबीच एकता र सद्भाव अभिवृद्धि गरी विकास र समृद्धिका लागि अघि बढ्न प्रेरणा दिने बताए ।

आज होली पर्वको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री कार्कीले हामी नेपालीको यस किसिमको मौलिक र परम्परागत पर्वले एकआपसमा सद्भाव र भाइचारा वृद्धि गरी हाम्रा धर्म, संस्कृति र पहिचानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

असत्यमाथि सत्यको विजय उत्सवको रूपमा मनाइने यो पर्वले सबै नेपालीलाई सत्यमा हिँड्नको लागि प्रेरित गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्