Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नेकका शिक्षक कर्मचारीको क्षमता अभिबृद्धि गर्न दुई दिने प्रशिक्षण

२९ फाल्गुन २०८१, बिहीबार १३:५९

काठमाडौं। चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा कर्मचारीहरुलाई दुई दिने क्षमता अभिबृद्धि प्रशिक्षण दिएको छ ।

ललितपुरको स्टाफ कलेजमा सञ्चालित तालिममा सहभागीहरुलाई नेतृत्व विकास, शिक्षाशास्त्र, सुचनासञ्चार र सीप विकासका विषयहरुको प्रशिक्षण दिइएको हो । आइतबारदेखि भएको प्रशिक्षणमा विके रमन भट्टराई, डा. नरेन्द्रविक्रम राज पनेरु, मानसी अग्रवाल, प्रा.डा. बालमुकुन्द भट्टराईले सहभागीहरुलाई विषयगत विषयहरुमा प्रशिक्षण दिए ।

शिक्षक तथा कर्मचारीहरुले प्रशिक्षणबाट विद्यार्थीलाई कसरी अध्ययनमा रुचि जगाउने, विद्यार्थीहरुका जिज्ञासा र पाठ्यक्रमका विषयवस्तु प्रभावकारी रुपमा कसरी बुझाउने लगायतको बारे जानकारी पाइएको बताए । उनीहरुले नेतृत्व विकास, सीप विकास र व्यक्तित्व विकासका यस्ता प्रशिक्षणहरुले कलेजको शैक्षिक, प्रशासनिक गुणस्तरीयता कायम गर्न पनि सहयोग पुग्ने बताए ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले नेतृत्व क्षमता विकास तालिमले शिक्षक तथा कर्मचारीहरुको व्यक्तित्व विकास, क्षमता विकासमा टेवा पुग्ने बताए ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले शिक्षक, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम तथा प्रशिक्षणहरु दिँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुको अध्ययन अध्यापन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्