Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको ड्रोन आक्रमण

१ चैत्र २०८१, शुक्रबार १०:५७

काठमाडौँ। रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला दिनमा दोहोरो अवस्था देखिएका छन्। एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युद्धविराम सम्झौताका लागि प्रयास भइरहेको छ। सोही क्रममा उनका विशेष दूत रुस पुगेको बीबीसीले जनाएको छ।

साउदी अरबमा रुस र युक्रेनसँग छुट्टाछुट्टै शान्ति वार्ता गरेपछि ट्रम्पका विशेष दूत रुस पुगेका छन् । यसै बिच रुस र युक्रेनले बिहीबार राति पनि एक अर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन् ।

युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिण पश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ । कृष्ण सागरको तुआप्से बन्दरगाहमा अवस्थित यो रिफाइनरीले रुसी सेनालाई पनि मद्दत गर्छ । ड्रोनहरूले ताम्बोभ र साराटोभ क्षेत्रहरूमा रहेका ग्यास पाइपलाइनहरूको कम्प्रेसर स्टेसनहरू र बेल्गोरोडमा रहेको मिसाइल डिपोलाई पनि लक्षित गरेको युक्रेनी स्रोतहरूले बताएका छन् ।

यसैबीच युक्रेनी अधिकारीहरूले खार्किभमा राति भएको रुसी आक्रमणमा सात जना घाइते भएको बताएका छन् । रुसी रक्षा मन्त्रालयले रातारात २८ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको बताएको छ । यी मध्ये चार मस्कोमाथि, पाँच बेल्गोरोडमाथि र एउटा कालो सागरमाथि थिए ।

प्रतिक्रिया दिनुहोस्