Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनको ड्रोन आक्रमण

१ चैत्र २०८१, शुक्रबार १०:५७

काठमाडौँ। रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला दिनमा दोहोरो अवस्था देखिएका छन्। एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा युद्धविराम सम्झौताका लागि प्रयास भइरहेको छ। सोही क्रममा उनका विशेष दूत रुस पुगेको बीबीसीले जनाएको छ।

साउदी अरबमा रुस र युक्रेनसँग छुट्टाछुट्टै शान्ति वार्ता गरेपछि ट्रम्पका विशेष दूत रुस पुगेका छन् । यसै बिच रुस र युक्रेनले बिहीबार राति पनि एक अर्कामाथि ड्रोन आक्रमण जारी राखेका छन् ।

युक्रेनले गरेको ड्रोन आक्रमणबाट रुसको दक्षिण पश्चिमी क्रास्नोडार क्षेत्रमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ । कृष्ण सागरको तुआप्से बन्दरगाहमा अवस्थित यो रिफाइनरीले रुसी सेनालाई पनि मद्दत गर्छ । ड्रोनहरूले ताम्बोभ र साराटोभ क्षेत्रहरूमा रहेका ग्यास पाइपलाइनहरूको कम्प्रेसर स्टेसनहरू र बेल्गोरोडमा रहेको मिसाइल डिपोलाई पनि लक्षित गरेको युक्रेनी स्रोतहरूले बताएका छन् ।

यसैबीच युक्रेनी अधिकारीहरूले खार्किभमा राति भएको रुसी आक्रमणमा सात जना घाइते भएको बताएका छन् । रुसी रक्षा मन्त्रालयले रातारात २८ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको बताएको छ । यी मध्ये चार मस्कोमाथि, पाँच बेल्गोरोडमाथि र एउटा कालो सागरमाथि थिए ।

प्रतिक्रिया दिनुहोस्