Trending
कांग्रेसमा नाराभन्दा नीति र परिणामको संस्कार आवश्यक : बिनिता खड्का     |     राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |    
समाचार

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

२ चैत्र २०८१, शनिबार १०:५८

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलगायतका विषयलाई केन्द्रित गर्दै देशव्यापी समाजवादी अभियान सुरु गरेको छ।

केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार वैशाख २२ गतेसम्म सञ्चालन हुने यस अभियानका क्रममा विभिन्न क्षेत्रका सङ्घ, सङ्गठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिनेछ।

अभियानअन्तर्गत सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरी आवश्यक सुझाव सङ्कलन गरिनेछ। जनताका विकासका आकांक्षा पूरा नभएको अवस्थामा उनीहरूको असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान परिस्थितिबारे जानकारी गराउन यो अभियान प्रभावकारी हुने विश्वास ज्वालाले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्