Trending
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |     जाँचबुझ आयोगमा बयान दिन जाँदै रमेश लेखक     |     कान्छाराम कन्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा     |     सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो     |     राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?     |     नेकपाले समानुपातिकमा सबै नयाँ अनुहार पठाउने, यसअघि निर्वाचित सांसद तथा मन्त्री सूचिमा नपर्ने     |     यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नेकपा एसको ‘समाजवादी अभियान’ सुरु

२ चैत्र २०८१, शनिबार १०:५८

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकासलगायतका विषयलाई केन्द्रित गर्दै देशव्यापी समाजवादी अभियान सुरु गरेको छ।

केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार वैशाख २२ गतेसम्म सञ्चालन हुने यस अभियानका क्रममा विभिन्न क्षेत्रका सङ्घ, सङ्गठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिनेछ।

अभियानअन्तर्गत सम्बन्धित क्षेत्रका विज्ञहरूसँग परामर्श गरी आवश्यक सुझाव सङ्कलन गरिनेछ। जनताका विकासका आकांक्षा पूरा नभएको अवस्थामा उनीहरूको असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान परिस्थितिबारे जानकारी गराउन यो अभियान प्रभावकारी हुने विश्वास ज्वालाले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्