Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

समिरको ह्याट्रिकमा नेपालले चाइनिज ताइपेईलाई हरायो

७ आश्विन २०८१, सोमबार १४:४१

७ असोज, काठमाडौं। समिर तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यु–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ।

न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित हासिल गरेको हो।नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। नेपाललाई जित दिलाउन तीनै गोल समिर तामाङले गरे।

घरेलु टोली विरूद्ध नेपालको जितमा समिर तामाङले ह्याट्रिक गरे। उनले ३२, ३४ र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्न सफल भएका हुन्। शनिबार भएको पहिलो खेलमा नेपाली युवा टोलीले कम्बोडियासँग ४–१ को फराकिलो हार व्यहोरेको हो।समुह बी मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया रहेको छ।

सन् २०२५ मा हुने एएफसी यू–२० एसियन कप छनोटमा ४५ राष्ट्रको सहभागी छन्। यी टोलीलाई १० समूहमा विभाजन गरिएको छ। १० समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले यू–२० एसियन कपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्