Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
खेलकुद

समिरको ह्याट्रिकमा नेपालले चाइनिज ताइपेईलाई हरायो

७ आश्विन २०८१, सोमबार १४:४१

७ असोज, काठमाडौं। समिर तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यु–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ।

न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित हासिल गरेको हो।नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। नेपाललाई जित दिलाउन तीनै गोल समिर तामाङले गरे।

घरेलु टोली विरूद्ध नेपालको जितमा समिर तामाङले ह्याट्रिक गरे। उनले ३२, ३४ र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक गर्न सफल भएका हुन्। शनिबार भएको पहिलो खेलमा नेपाली युवा टोलीले कम्बोडियासँग ४–१ को फराकिलो हार व्यहोरेको हो।समुह बी मा नेपालसँगै उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया रहेको छ।

सन् २०२५ मा हुने एएफसी यू–२० एसियन कप छनोटमा ४५ राष्ट्रको सहभागी छन्। यी टोलीलाई १० समूहमा विभाजन गरिएको छ। १० समूहको विजेता र ५ उत्कृष्ट उपविजेताले यू–२० एसियन कपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्