Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

४ चैत्र २०८१, सोमबार ०९:३७

काठमाडौँ। राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा सौर्य एयरलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन्।

उनले उक्त दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिनको प्रतिवेदन तयार नगरेकोमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद रिजालले भने, “दुर्घटनामा ज्यान गुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन्। उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यान आकर्षित गराउन चाहन्छु।”

त्यस्तै, सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धी छानबिनमा ढिलाइ नगर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुने कुरा महत्त्वपूर्ण छ।

यसैबीच, सरकारले छानबिन प्रक्रिया सुरु गरेको भए पनि प्रतिवेदन तयार गर्न समय लागेको कुरा विभिन्न संघीय निकाय र परिवारका सदस्यहरूको चिन्ता बनेको छ।

प्रतिक्रिया दिनुहोस्