Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

४ चैत्र २०८१, सोमबार ०९:३७

काठमाडौँ। राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा सौर्य एयरलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन्।

उनले उक्त दुर्घटना भएको आठ महिना बितिसक्दा पनि छानबिनको प्रतिवेदन तयार नगरेकोमा सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद रिजालले भने, “दुर्घटनामा ज्यान गुमाउने मृतकका आफन्तले छानबिनको माग गरिरहेका छन्। उनीहरूको माग सम्बोधन गर्न सरकारको ध्यान आकर्षित गराउन चाहन्छु।”

त्यस्तै, सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटनासम्बन्धी छानबिनमा ढिलाइ नगर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुने कुरा महत्त्वपूर्ण छ।

यसैबीच, सरकारले छानबिन प्रक्रिया सुरु गरेको भए पनि प्रतिवेदन तयार गर्न समय लागेको कुरा विभिन्न संघीय निकाय र परिवारका सदस्यहरूको चिन्ता बनेको छ।

प्रतिक्रिया दिनुहोस्