Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

सरकारका गतिविधि जनतामुखी हुनुपर्छ: सांसद उर्मिला अर्याल

४ चैत्र २०८१, सोमबार ०९:४५

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले सरकारका गतिविधि जनतामुखी हुनुपर्ने आवश्यकता व्यक्त गरेकी छन्।

राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद अर्यालले सरकारको गतिविधि जनतामुखी नभएको कारण पछिल्लो समय जनतामा निराशा फैलिएको बताएकी छन्।

उहाँले भन्नुभयो, “सरकारमा जाने बेलामा वाचा गर्ने तर सत्तामा पुगेपछि हामी सबैले बिर्सने गरेका छौँ।” यसका साथै, उनले संविधानको कार्यान्वयनमा चुनौती रहेको र जनताका अधिकार सम्बोधन गर्ने विषयमा सचेत हुनुपर्ने आवश्यकता जताएकी छन्।

सांसद अर्याले देशको शान्ति प्रक्रियामा वाचा पूरा गर्न संविधान बनाइयो तर सत्तामुखी प्रवृत्तिका कारण जनतामा निराशा आएको बताए। “गणतन्त्र कार्यान्वयनमा सचेत हुन सकेनौँ,” भन्नुहुँदै सांसद अर्याले जनताको विश्वास गुमाउन लागेको छ भनेर चिन्ता व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्