Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

सरकारका गतिविधि जनतामुखी हुनुपर्छ: सांसद उर्मिला अर्याल

४ चैत्र २०८१, सोमबार ०९:४५

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले सरकारका गतिविधि जनतामुखी हुनुपर्ने आवश्यकता व्यक्त गरेकी छन्।

राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद अर्यालले सरकारको गतिविधि जनतामुखी नभएको कारण पछिल्लो समय जनतामा निराशा फैलिएको बताएकी छन्।

उहाँले भन्नुभयो, “सरकारमा जाने बेलामा वाचा गर्ने तर सत्तामा पुगेपछि हामी सबैले बिर्सने गरेका छौँ।” यसका साथै, उनले संविधानको कार्यान्वयनमा चुनौती रहेको र जनताका अधिकार सम्बोधन गर्ने विषयमा सचेत हुनुपर्ने आवश्यकता जताएकी छन्।

सांसद अर्याले देशको शान्ति प्रक्रियामा वाचा पूरा गर्न संविधान बनाइयो तर सत्तामुखी प्रवृत्तिका कारण जनतामा निराशा आएको बताए। “गणतन्त्र कार्यान्वयनमा सचेत हुन सकेनौँ,” भन्नुहुँदै सांसद अर्याले जनताको विश्वास गुमाउन लागेको छ भनेर चिन्ता व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्